रात अनि मन-एकल आवाज


                                          
मन उथलपुथल भैरह्याे, कहिले के त कहिले के, रात रात रहेन, अनि दिनकाे कुनै अस्तित्व भएन, 
मनको त के कुरा गर्छौ सम्हाल्न नसकिने जसलाई, केही हाेइन भनि टार्ने गर्थें उसलाई, 

कयौं शंका अनि डरकाे भुमरि जब आउँछ साथमा, लाग्छ कि अब केही छैन मेरो हातमा, 

परिकल्पनाकाे साथी म जब बन्न सकेँ, तब संसार जित्ने आँट पाल्न सकेँ,

मेरा सपना, नहाेलान् सपना मै सिमित, गर्नेछु प्रयास रहुन्जेल जिवित,

आशाका किरण उदाउँनेछ फेरि, मुस्काउनेछ यि ओठ फेरि, 

तर तब पनि मन उथलपुथल भैरह्याे, कहिले के त कहिले के, रात रात रहेन, अनि दिनकाे कुनै अस्तित्व भएन ||  


Comments

Popular Posts